गत मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोरमा संचालन भएको प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसनले प्रभु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा बेनी यादब कंडेल, श्याम राजा महत, यमुना भट्टराई र ईश्वरी भट्ट निर्वाचित भएका छन् ।
महासचिवमा राधा कृष्ण देउजा तथा उपमहा-सचिवमा कृष्णप्रसाद लामिछाने निर्वाचित भएका छन । कोषाध्यक्षमा हेमन्त भेटवाल निर्वाचित भएका छन् ।
सचिवहरुमा छबि पाण्डे, जानकी कार्की, प्रदीप तिमिल्सिना, उधबहादुर पन्त निर्वाचित भएका छन् ।
सम्मेलनमा गायिका सपना परियार, लोक गायक भगवान भण्डारी, सिर्जना लामालगायतलाई सम्मान गरिएको थियो ।