सुन्दरता हरेक नारिको पहिचान हो – एउटा सम्मान हो साथै नारी ससक्तीकरणको एउटा अभिन्न अङ्ग पनि हो। यसै परम्परालाई आत्मसाथ गर्दै नारीको सुन्दरताको सम्मानमा लस एेनजलसमा आयोजित ‘पहिलो मिस नेपाल क्यालिफोर्निया २०१५’ को अपार सफलता पछी बे-एरियामा ‘दोस्रो मिस नेपाल क्यालिफोर्निया २०१७’ यही जुन १७ शनिबारका दिन आयोजना हुँदै छ।
चहल पहल प्रडक्सन र नर्थर्न क्यालिका मनोरन्जनात्मक समुहको शहकार्यमा यो कार्यक्रम हुन लागेको कार्यक्रमका आयोजक राजेन्द्र जोशीले जानकारी दिए । यस कार्यक्रमलाई लिएर आफुहरु धेरै नै उत्साहित भएको र यो एउटा सौन्दर्य प्रतियोगिता मात्रै नभै सम्पूर्ण क्यालिफोर्निया बासी युबाहरुको एकताको प्रतिक पनि हुने विश्वास जोशीको छ ।
नारीको सुन्दरता उनको जिउ डाल र अनुहारले मात्र मापन गर्न सकिदैन – उनी कत्तिको बौदिक छन भन्ने कुराले उनको ब्यक्तित्वको प्रतिनिधित्व गर्दछ। तसर्थ सम्पूर्ण क्यालिफोर्निया बासी नेपाली दिदी-बहिनीहरुलाई यस प्रतिस्पर्धामा भाग लिएर आफ्नो अस्तित्वको परिचय सारा दुनिया लाई दिन उनको आग्रह छ ।