शुभकामना सांझमा प्रेमराजा महत

शुभकामना सांझमा प्रेमराजा महत
अमेरिका

कोलोराडो, अमेरीका ।  कोलोराडो निवासी नेपालीहरुले बरिष्ठ गायक प्रेमराजा महत, गायक नरेन्द्र प्यासी तथा हास्य कलाकार नारायण त्रीपाठीको उपस्थितीमा एक भब्य शुभकामना सांझ कार्यक्रमको आयोजना गरी नयां बर्ष २०७४ को शुभकामाना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती रहेको थियो ।
ब्रुमफिल स्थित लिगेसीहाई स्कूलमा शनीबार सांझ सम्पन्न भएको कार्यक्रममा, सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए ।

कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ-आफ्नो दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही अंकमाल गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयां बर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमका बिशेष अथिती प्रेमराजा महतले पानसमा बत्ती बालेर उद्धाटन गरेका थिए भने महासचिब बिनोद त्रीपाठीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।  स्थानीय कलाकारले लोक, आधुनिक, देश भक्ति लगायतका गीतमा कलाकार भाई बहिनीहरुले कम्मर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरिरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो ।

कार्यक्रममा गायक प्रेमराजा महतले उनका चर्चित गीत पानको पात, सिमसिमे पानीमा लगायतका गीत गाएर दर्शकलाई नचाएका थिए । त्यस्तै नरेन्द्र प्यासीले केभुल भयोर प्रीया, तिमीले दिने माया जस्ता गीत गाएका थिए भने, नारायण त्रीपाठीले बिभिन्न नेताहरु तथा चर्चित ब्यक्तिहरुको बोलीको क्यारि केचर गर्दै नया बर्षको शुभकामना दिएर तथा दर्पणछाया २ कि नायिका साहारा कार्किले सोही फिल्मको गीतमा सुन्दर नाच प्रस्तुत गरेर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए ।

समारोहमा आयोजक संस्थाका महासचिब बिनोद त्रीपाठी र कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले बिशेष अतिथी प्रेमराजा महत, नरेन्द्र प्यासी, नारायण त्रीपाठी साहारा कार्कि लगायत स्थानीय कलाकार र संस्थालाई सहयोग पुर्‍याउने सबैलाई खादा पहिर्‍याएर सम्मान गरेका थिए ।

आयोजक कोलोराडोमा गठीत नेपालीहरुको पहिले संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आजै साधारण सभा तथा हालै निर्वाचित नयां पदाधिकारीहरुलाई कार्यभार हस्तान्तरण कार्यक्रम समेत रहेको थियो । कार्यक्रममा निर्वाचन समितीका संयोजक भुषणलाल श्रेष्ठले कार्यसमितीका सबै पदहरुमा एक एक जनाकोमात्र उमेद्धारी परेकोले सबै पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरेका थिए ।

यसरी निर्बाचित हुनेहरुमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष,पब्लीक रिलेसन अफिसर, टेक्निकल अफिसरमा क्रमश बिनोद त्रीपाठी, मणी बस्नेत, सुर्यमणी अधिकारी, उमेश श्रेष्ठ, मनीष थापा रहेका छन् । त्यस्तै महिला प्रतिनिधिमा शान्ति ढकाल भुषाल, स्टुडेण्ट प्रतिनिधी बिनोद गुरुङ र अन्य प्रतिनिधीहरुमा चन्द्रकुमार राई, दिपकबहादुर सुनुवार, रामगोपाल श्रेष्ठ, संम्भु शर्मा रहेका छन् ।

त्यसैगरी आजै कोलोराडोमा नयां बर्षको अबसर पारेर बोल्डर स्थित सि–यू मा अध्यानरत नेपाली छात्र छात्राहरुको संगठन नेप्लीज स्टुडेन्ट एसोसिएसनको आयोजनामा नेपाल नाईटको कार्यक्रम सम्पन्न भएको छ भने, अरोरामा नेपाली भाषी भुटनीजहरुको सुगम संगीत साझ पनी सम्पन्न भएको छ ।

Post Comment