नयाँ बर्षको उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण

नयाँ बर्षको उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण
अमेरिका

कोलोराडो, अमेरीका । नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा आईतबार घरबार बिहिनलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो ।

लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै २ सय घरबार बिहिनहरुले नेपाली खाना दाल,भात, तरकारी र अचारको स्वाद मानी खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी, नेपाली भाषा शिक्षामा सहभागी छात्र छात्राका र तिनका अभिभावकहरुको सकृय सहयोग र सहभागिता गरेको थियो ।

आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो साडे १ बजे सम्म संचालन भएको थियो । खाना लायन्सका पदाधिकारीले घर घरमा तयारपारी बितरण गरिएको थियो ।

खना बितरण स्थल आवर सेन्टरमा बिहान ८.३० बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाज सेबी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, आवर सेन्टरका सुपरभाईजर केण्डी, ६–७ बर्षका बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ लगायत सुदक्षिणा भट्ट र आश्विनी श्रेष्ठ समेत सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका थिए ।

 

Post Comment