कोलोराडोमा “दर्पण छायाँ २” को सफल प्रर्दशन

कोलोराडोमा “दर्पण छायाँ २” को सफल प्रर्दशन
अमेरिका कला - संगीत

कोलोराडो, अमेरीका। नेपाली कथानक चलचित्र “दर्पण छायाँ २” को गएको आइतबार कोलोराडोमा सफलताका साथ प्रदर्शन सम्पन्न भएको छ । चलचित्रकी नायीका साहारा कार्की बसोबास गर्ने स्टेट कोलोराडोको वेस्टमिनीस्टर स्थित ए एम सी सिनेमा
हलमा प्रदर्शन गरिएको चलचित्र हेर्न ठुलो संख्यामा नेपाली, नेपाली भाषी भुटानी तथा भारतिय नागरिकहरुको उपस्थिती रहेको थियो ।

उक्त स्थानमा नवनायीका साहारालाई हौसला दिन बरिष्ट गायीका मीरा राणा, पूर्व मिसनेपाल ईशानी श्रेष्ठ, नायक नवराज श्रेष्ठ, स्थानीय कलाकार, साहित्यकार, ब्यबसायी, संघसंस्थाका पदाधिकारी, पत्रकारहरुको जमघट रहेको थियो ।

चलचित्र प्रदर्शन सुरु हुनु आगाडी पूर्व मिस नेपाल ईशानी श्रेष्ठ संगै मंचमा पुगेकी नायीका साहारालाई गायीका मीरा राणाले खादा लगाई दिई सम्मान गरेकी थिईन् । कार्यक्रममा ईशानी श्रेष्ठ र मीरा राणाले नायीका कार्कीलाई बधाई दिदै, उज्वल भबिश्यको सुभकामना दिएका थिए भने, साहाराले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएकी थिईन् ।

त्यसैगरी सोही समारोहमा निर्माता द्धय रबी कार्की र साबु गदाल कार्कीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफुहरु द्धारा निर्मित चलचित्र “दर्पण छायाँ २” हेर्न उत्साहका साथ यती धेरै जमघट भएको देख्दा अमेरीकामै नेपाली चलचित्र बनाउ भन्ने जोस पलाएको बताएका थिए ।

बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमीरे द्धारा निर्देशित, प्रेमकथामा आधारित चलचित्रको नायक पुष्पल खड्का रहेका छन् । आधुनिकता संगै संगीतका साधनहरु हराउदै गएको र सर्जकहरु पनि बिर्सदै गएको हुनाले साधनको संरक्षण र सर्जकहरुको सम्मान गरौ भन्ने फिल्ममा सन्देश दिन खोजिएको छ ।

Post Comment