कोलोराडो । रक्की माउन्टेन फ्रन्ड्स अफ नेपालको नेतृत्वमा तथा तमु धिं कोलोराडो सहित कोलोराडोमा रहेका सम्पुर्ण संस्थाहरुको अग्रसरतामा कोलोराडोमा २५६१ औँ बुद्ध जयन्तीको अवसर पारेर यही मे १४ तारिक आइतबारका दिन शान्ती पदयात्रा हुने भएको छ ।
डेनवर स्थित सिभिक सेन्टर बाट सुरु हुने शान्ती पद यात्रा सिक्सटिन स्ट्रीट, क्यापिटल भबन हुँदै पुन सिभिक सेन्टर मा नै आएर सकिने छ ।
पद यात्रा सुरु हुनु पुर्व बौद्द धर्म गुरु अक्कल तामाङ बाट बौद्दिक परम्परा अनुसार पुजा हुने कार्यक्रम छ ।