मे २८, २०१७
कोलोराडो,अमेरीका। कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको छैटौं साधारण सभा आईतबार एक समारोह बिच सम्पन्न भयो ।
नेपाल र अमेरीकाको राष्ट्रिय गान पछि, संस्थाका सल्लाहकार डा.बिष्णु श्रेष्ठद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा यहां स्थित विभिन्न संघ संस्थाका प्रतिनीधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
वेस्ट मिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको सुरुमा संस्थाद्धारा गठित बिभिन्न समितीबाट हाल सम्म भए गरेका प्रगती बिवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । सोही क्रममा आर्थिक समितीमा संयोजक तथा संस्थाका सल्लाहकार डा.बिष्णुबहादुर श्रेष्ठबाट आर्थिक समितीको, डा. आनन्द पौडेलबाट स्पेसल समितीको, अर्जुन केसीबाट जग्गा खोज तथा ब्याबस्थापन समितीको, बासु दाहालबाट सरकार स्थानीय संघ संस्था र ब्याबसायीहरु समन्वय समितीे तथा निर्वाचन समितीको र कुमारजंग कार्किबाट छात्र बृती समितीको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
त्यस्तैगरी संस्थाका कोषाध्यक्ष जगदिशचन्द्र ढकालबाट आर्थिक प्रतिवेदन र अध्यक्षबाट योगराज गौतमबाट प्रगती प्रतिवेदन र भावीयोजना प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको दाश्रो चरणमा अतिथीहरुको सुझाव तथा शुभकामना मन्तब्य राखिएको थियो । शुभकामना तथा सुझाव दिदै अधिकांश वक्ताहरुले कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएको हुनाले नेपाली घर अत्यावश्यक रहेको, संस्थाले घर निर्माण गर्दा सामाजिक सद्भाव नखल्बलिने खालको सबै नेपालीहरुको भेषभुषा, संस्कृती, रिती स्थिती, चालचलन झल्कने एक नेपाली घरको निर्माण गर्ने लक्ष्य पुरा गर्न सकोस भन्दै घर निर्माणको लागि संस्थाले वाताबरण बनाए आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसरी शुभकामना तथा सुझाव दिनेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिक, ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्मा, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, जनसम्पर्क समितीका कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडोका प्रतिनिधी तथा यूएस नेपालका बिकल पराजुली, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो कोर्डिनेटर टिका पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, नो:वा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्र गुरुङ लगायत रहेका थिए ।
नेपाली घरका अध्यक्ष योगराज गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने महासचिव लक्षुमण रानाले कार्यक्रम संचालन गरेका थिए ।
\