अमेरिकाबाट सात जना नेपालीलाई देश निकाला

अमेरिकाबाट सात जना नेपालीलाई देश निकाला
अमेरिका

वैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो । निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।
उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकी अध्यागमनको हिरासतमा बसेका थिए । अमेरिकास्थित नेपाली दूतावासले ती नेपालीको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको थियो । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका सात नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टि गर्नुभयो ।
महानिर्देशक गेलालले भन्नुभयो, ‘यो घटनाले अवैध बाटो हुँदै ज्यानको बाजी राखेर अमेरिका छिर्न खोज्नेले ठूलो पाठ सिक्नुपर्छ । यो घटनाबाट सकारात्मक सन्देश जाओस् भन्ने मेरो चाहना हो ।’

Post Comment