चीनलाई गोप्य जानकारी दिएको आरोपमा अमेरिकी कूटनीतिज्ञ पक्राउ

चीनलाई गोप्य जानकारी  दिएको आरोपमा अमेरिकी कूटनीतिज्ञ पक्राउ
अमेरिका

अमेरिकाका पूर्व कूटनीतिज्ञलाई चीनियाँ एजेन्टलाई गोप्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको छ ।

एक एफिडेविडका अनुसार भर्जिनियामा बस्ने ६० वर्षका केविन मेलरी यसै वर्ष मार्च अप्रिलमा सांघाई गएका थिए ।

समाचार एजेन्सी एपीका अनुसार शिकागो एयरपोर्टमा उनीसँग दुई ब्याग पनि भेटियो जसमध्ये एकमा रहेको १६ हजार पाँच सय डलरको स्रोत पनि उनले बताउन सकेनन् ।

संघीय जासूसी कानूनका अनुसार अब उनले आफ्नो बाँकी जीवन जेलमा बिताउनु पर्ने सम्भावना रहेको छ ।

जब सरकारका लागि उनी काम गरिरहेका थिए तब उनलाई उच्च–स्तरीय क्लियरेन्स दिइएको एफबीआइले पुष्टि गरेको छ ।

सन् २०१२ मा जब उनले अवकाश लिए तब उनको पहुँच रोकिएको थियो । त्यसपछि उनी नीजि परामर्शदाताको रुपमा काम गर्न थाले ।

गत मे महिनामा एफबीआई एजेन्ट्सलाई आफ्नो मर्जीले दिइएको अन्तर्वार्तामा मेलरीले शांघाईमा उनको चीनियाँ थिंक ट्याङ्क शांघाई एकेडेमी अफ सोसल साइन्सेस (एसएएसएस) का लागि काम गरिरहेको एक व्यक्तिसँग भेट भएको बताएका थिए ।

अमेरिकाको न्याय विभागका अनुसार एफबीआई सन् २०१४ देखि यो मान्यता राख्छ कि चीनियाँ जासूस आफ्नो पहिचान लुकाउनका लागि एसएएसएससँगको आफ्नो संलग्न भएको देखाउने गर्दछ ।

चीनियाँ मन्दारिना भाषा बोल्न सक्ने मेलरीलाई बिहिबार अदालतमा पेश गरियो र शुक्रबार सुरुवाती सुनुवाईका लागि पुनः पेश गरिनेछ ।

राष्ट्रिय सुरक्षा मामलाका सहायक अटोर्नी जनरल डेना जे बोएंटेले भने, ‘यसमार्फत जनताको विश्वास तोड्ने र देशको सुरक्षालाई खतरा पुर्याउने सोच राख्नेहरुले सन्देशको रुपमा हेर्नुपर्छ ।’

Post Comment