जुन २४, २०१७
कोलोराडो, अमेरीका। कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले हरेक बर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्षको छात्रवृत्तिको लागी निवेदन आह्वान गरेको छ ।
नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको हालै सम्पन्न बैठकले यसै बर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० तारिक सम्म निवेदन दिई सक्न आह्वान गरेको हो ।
समितीले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ । जसमा यसै बर्ष १२ पास गरेको, कोलोराडोमा बसोवास गरेको, नेपाली समुदायको , समुदायमा सामाजिक कृयाकलापमा भागलिएको प्रमाणित कागज पेस गर्नुपर्ने, फुल टाईम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र समावेस गर्नु पर्ने जनाएको छ । यसको साथै समितीले निवेदकहरुलाई छात्रवृित्तको निवेदन संगै निवन्द समेत लेखि समावेस गर्नुपर्ने सर्त राखेको छ । जसमा निवन्दको शिर्षक छ १,नेपाली घर बनाउन के के अवसर र चुनौती रहेको छ । २, तपाईको भबिश्यको योजना केहो र कलेजको डिग्रीले तपाईको योजना पुरागर्न कसरी सहयोग गर्दछ । यी लगायत छुट्टा–छुट्टै ५ बिषयमा ८ सय सब्द भन्दा नबढाई लेख्नु पर्ने छ । निवन्दका अन्य शिर्षकहरु र निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेब्सायट “नेपाली घर डट ओआरजी ”तथा संस्थाको फेसबुकमा राखिएको छ । संस्थाको वेब्सायट गई फारम डाउनलोड गरि प्रिन्ट गरि भर्न सकिने छ । निवेदकले सम्पुर्ण कागजपत्र स्क्यान गरेर सोही फारममा उल्लेखित ईमेलमा वा मेल ठेगानामा पोष्ट गर्नु पर्ने संस्थाले जनाएको छ ।
छनौट समितीले कोलोराडोमा सकृय सबै संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचार प्रसार गरि संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनहुन अनुरोध गरेको छ ।
अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताईएको छ । यहा“ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृती जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनिहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन सहयोग पुग्ने संस्थाको ठम्याई छ ।
नेपाली घरद्धारा गठित छनौट समितीलाई छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने श्रोत जुटाउने जिम्मा समेत दिएको छ ।
नेपालीहरुको भेषभूषा, भाषा संस्कृति, रिती स्थिती, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आºनो नेपालीहरुको भाषा,संस्कृित, संरक्षणको लागी बेला बेलामा विभिन्न सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।