कोलोराडो, अमेरीका।कोलोराडो स्थित हिमालयज् लायन्स क्लवले संस्थाको कोष बृद्धी गरि आवस्यक परेको ठाउमा सहयोग गर्ने उद्धेश्यले सनीबार गराजसेल कार्यक्रम सम्पन्न गरेको छ ।
गराज सेलको लागी क्लबका पदाधिकारी तथा सदस्यहरुले घर घरबाट नयां तथा पुराना सामान ल्याएका थिए । लायन्सको लोगो राखी गरिएको गराज सेलमा ग्राहाकहरु आएर फटाफट सामान किनेका थिए । ग्राहाकहरुलाई सामान बेचेको सबै पैसा क्लबको खातामा जाने बताईएको थियो ।
क्लबले संस्थाको कोष बृद्धीको लागी यस्ता बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । गराज सेल लायन्स जोसन श्रेष्ठको घरमा गरिएको थियो ।