नेप्लिज इन अमेरिका अध्यक्षमा अधिकारी निर्वाचित

नेप्लिज इन अमेरिका अध्यक्षमा अधिकारी निर्वाचित
अमेरिका

उत्तर अमेरिकामा सन् १९८३ मा स्थापित राष्ट्रियस्तरको नेपालीहरुको पुरानो संगठन दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले नयाँ कार्यकारी समितिको गठन गरेको छ ।

नयाँ समितिमा अध्यक्षमा मेदिनी अधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा खगेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

३ जना उपाध्यक्षहरुमा क्यानाडा क्षेत्रका लागि डा तुलसी धरेल, मध्यवर्ती क्षेत्रको लागि उपाध्यक्षमा राजेन्द्र खतिवडा तथा पश्चिमी क्षेत्रका लागि मुकुन्द ढुंगाना निर्वाचित भएका छन् । युवा संयोजकमा श्याम सेडाई निर्वाचित भएका छन् ।

एएनए ट्रस्टीको अध्यक्षमा सर्वसम्मति प्रा डा अम्बिकाप्रसाद अधिकारी निर्वाचित भएको जानकारी एएनएका वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले दिएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आगामी जुलाई २ तारिख बाल्टिमोरमा हुने भएको छ ।

समितिको कार्यकाल २०१७ देखि २०२० सम्म रहनेछ । एएनए निर्वाचन समितिको सभापतिमा महेन्द्र कार्की, सह–सभापतिमा कृष्ण निरौला तथा सदस्यमा विजय कुमार भट्टराई रहेका थिए

Post Comment