टेक्सस, अमेरिका । एन.आर.एन. अमेरिका यति खेर नया नेतृत्व (सन् २०१७-२०१९ ) चयनको संघारमा उभिएको छ। संस्थाको परम्परा अनुशार गत मे महिना मै केन्द्रिय समन्वय समिति र राज्य समितिहरुको नया कार्य समिति चयन भै सक्नु पर्नेमा वर्तमान कार्य समितिले अहिले सम्म बिभिन्न कारणहरु देखाउदै निर्बाचनको कार्यक्रम प्रकाशन गर्न सकेको छैन ।
यो अस्तव्यस्तताको समयमा उम्मेदवारका आकांक्षीहरुका समर्थकहरुले आफ्ना उम्मेद्वारहरु अरु भन्दा योग्य देखाउन कोशिश गर्दै छन् । तर केहि व्यक्तिहरुले प्रतिष्पर्धी उम्मेदवारहरुका बारेमा सामाजिक संजालको दुरुपयोग गरि अत्यन्त तल्लो स्तरका र आधारहीन आक्षेपहरु लगाई सामाजिक संजाललाई प्रदुषित बनाइ रहेको बेलामा एन.आर.एन. अमेरिकाका अध्यक्ष पदका प्रत्यासी गौरी राज जोशी भने यी बिकृति र बिसंगतिहरुलाई आफुले चुट्कीको भरमा निमिट्यान्न बनाइदिने कुरा बताउनु हुन्छ ! जसले जति गालि गलौज गरे पनि वहाहरु आफ्नै दाजुभाइहरु हुनुहुन्छ, मैले एन.आर.एन अमेरिका सम्हाले पछि वहाहरुलाई एन.आर.एन अभियानका बारेमा सुशिक्षित गरेर सबैलाई मुलधारमा ल्याउने छु । यो समय आपसमा फुट्ने होइन जुट्ने समय हो – चुनौती नै नभए मेरो नेतृत्व नै किन भन्छन जोशी ।
एन.आर.एन. अमेरिका नव नेतृत्व चयनको बेलामा आइपुग्दा यसका क्षितिज़मा देखिएका बैचारिक मतभेद, उतार चढाब र गालि गलौजका बारेमा USNEPAL NEWS द्वारा सोधिएको एक प्रश्नको उत्तरमा एन.आर.एन.अमेरिकाका अध्यक्ष पदका प्रमुख दाबेदार तथा समाजसेवी गौरी राज जोशीले एन.आर.एन. लाई सबै साधारण सदस्यहरुको घर दैलोमा पुर्याउनु पर्ने बताउदै, एन.आर.एन. को मर्म नबुझ्नेहरुले यसलाई हाक्न खोज्दा सिङ्गै संस्था गतिहिनता भद्रगोलको अवस्थामा पुगेको हुनाले यस्ता बिकृतिहरु उत्पन्न भएका हुन् ।
एक्काइसौँ सताब्दीमा पनि प्राचिन युगको सोचबाट अब एन.आर.एन.लाइ अगाडि बढाउन सकिदैन ! यसका लागि सानो बैचारिक घेरा, परम्परागत शोच र गतिहीनता हैन कि समय सापेक्ष सोच, ठोस योजना र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छा र उर्जा लिएर म यस संस्थाको नेतृत्व गर्न अगाडि बढेको छु ।
जसरि पौष्टिक आहाराको अभावमा एउटा बच्चा कुपोषणको शिकार भएको हुन्छ, त्यसरी नै एन.आर.एन को गरिमालाई थाति राखेर केहि व्यक्तिहरुको सिण्डिकेट खडा गरि व्यक्तिगत र गुटगत तथा सकिर्ण मनोभावानाले संस्था चलाउन खोज्दा सिंगो संस्थालाई कुपोषण लाग्ने खतरा बढेको हुनाले मैले एउटा इमान्दार एन.आर.एन. अभियानको सिपाहीको नाताले यो संस्थालाई नेतृत्व गरि स्वस्थ प्रतिष्पर्धा द्वारा संसारकै नमुना एन.आर.एन बनाउने अठोटका साथ् आफु अघि सरेको जानकारी दिए ।
मेरो नेतृत्वमा सबै एन.आर.एन.लाई समान र इमान्दार ब्यबहार, गुण र दोष को आधारमा मुल्यांकन गर्ने सक्षम नित्रित्वको बिकास गर्ने, गैर्ह आवासिय नेपालीका हक अधिकारका स्थापनाका लागी तत्कालिन, अल्पकालीन र दीघकालीन योजना बनाइ त्यसको कार्यन्वयन गर्ने स्थाई संयन्त्रको बिकास गर्दै निकट भविष्यमा एन.आर.एन अमेरिकाले यसको अन्तर्राष्ट्रिय समन्वय समिति हाक्ने क्षमाता राख्ने परिपाटिको थालनी गरे पछि अहिले देखिएका बिकृति र बिसंगतिहरु स्वत: अन्त्य भएर जान्छ र एन.आर.एन. अमेरिकाले एउटा नया गति लिदै ठोस गन्तब्य तर्फ अगाडी बढ्छ र आधुनीक युगमा प्रवेश गर्दछ !