नेपालमा ब्यापार तथा लगानी बढाउन आग्रह गर्दै कोलोराडोमा कार्यपत्र प्रस्तुत

नेपालमा ब्यापार तथा लगानी बढाउन आग्रह गर्दै कोलोराडोमा कार्यपत्र प्रस्तुत
अमेरिका

जुलाई १४, २०१७

कोलोराडो, अमेरीका। अमेरीकाको कोलोराडोमा सुक्रबार नेपालमा ब्यापार तथा लगानी बढाउने अवसर बिषयक कार्यपत्र प्रस्तुत गरिएको छ ।

नेपाली राजदुताबासका ईकोनोमीक काउन्सिलर कैलाशराज पोख्रेलले नेपालमा अहिले लगानी तथा ब्यापार गर्ने अवसर आएको भन्दै एक कार्यपत्र प्रस्तुत गरेका हुन् । रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको आयोजनामा वेष्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेण्टमा आयोजित कार्यक्रममा काउन्सिलर पोख्रेलले नेपालमा शान्ति सुरक्षाको स्थिती सुदृढ हुदै गएको, लोड सेडिङ हटेको, युवा लेवर सस्तो रहेको, चिन र भारत जस्ता ठुला देशको बिचमा भएकाले बजारकोलागी टाढाजानु नपर्ने, खुल्ला ब्यापार निती रहेको भन्दै अहिले सबै क्षेत्रमा लगानीको वाताबरण रहेको भन्दै सबैलाई लगानी गर्न आग्रह गरे ।

त्यसैगरी पोख्रेलले भुकम्प गएपछि अमेरीकाले नेपालमा उत्पादनहुने ६६ प्रकारका सामानमा भन्सार छुट दिएकोले नेपालमा लगानी गरेर गुणस्तिरिय सामान उत्पादन गरि अमेरिका ल्याएर बेच्न सकिने सुनौलो अवसर रहेको प्रष्ट्याए । उनले लगानी तथा ब्यापारगर्ने चाहना भएका नेपालीहरुलाई मौकाको फाईदा उठाउन तथा नेपालमा लगानीगर्ने बाताबरण रहेको सन्देश यहाका स्थानीय ब्यापारीहरु माझ पुर्‍याउन सबैलाई आग्रह गरे ।

कार्यपत्र पछि भएको प्रश्नोउत्तर कार्यक्रममा सहभागीहरुले नेपालमा लगानी पछि कमाएको मुनाफा ल्याउन सहझ निती बनाउन, स्थिर सरकार निर्माणगर्न, डबल ट्याक्स सुबिधाको निती बनाउन, लगानीगर्न चाहनेलाई आकर्षित गर्ने निती नियम बनाउन, बन्द हडताल सधैकोलागी अन्त्य गर्न, निती सरल र ब्यबहारिक बनाउन सुझाव दिएका थिए ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष रामसी पोख्रेलले एनआरएन नेपालमा लगानी गर्न सधै तत्पर रहेको तर सरकारले गरेको बाचाहरु पुरा नगरेको कारण ठुला लगानी गर्नेहरुले निर्धक्क भएर लगानीगर्न नसकेको बताए । त्यसैगरी नेपाल बार एसोसिएसनका महासचिव खम्बबहादुर खातीले एनआरएनलाई नेपालमा लगानीको बातावरण बनाउन दोहोरो नागरिकताको निती तुरुन्त लागु गर्नुपर्ने भन्दै लगानी सुरक्षित र सुनिश्चत गर्न नेपाल वारले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमका सभापति त्रीपाठीले कार्यक्रमको महत्व दर्शाउदै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

Post Comment