एन.आर.एन.अमेरिकाको नेतृत्वका लागी यसका आकांक्षीहरुको दौडधुप अहिले चरम सीमामा पुगेको छ ! बर्तमान कार्य समितीका तीन उपाध्यक्षहरु कृष्ण पोख्रेल, रबिना थापा तथा राम सी पोख्रेल बर्तमान अध्यक्ष डा.केशब पौडेलका बिरुद्ध मैदानमा छन् भने टेक्सासका स्थापित ब्यबसायी तथा प्रतिष्ठित समाजसेवी गौरी राज जोशी एन.आर.एन. अमेरिकाको अध्यक्ष पदका सबै भन्दा बलिया दाबेदारका रुपमा उदाएका छन् ।
बिगत लामो समय देखि एन.आर.एन. अमेरिकालाई आफ्नो कर्म क्षेत्र बनाएका जोशी बर्तमान कार्य समितिका सल्लाहकार पनि हुन् । एन.आर.एन. अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिनाको कारण बारेको एक प्रश्नमा जोशीले अहिले प्रतिष्पर्धामा देखिएका सबै उम्मेदवारहरुको परिक्षण भै सकेको र वहाहरुकै कारणबाट एन आर.एन.अमेरिकामा धेरै किसिमका बिकृतिहरु आएको र संस्था नै उल्टो गन्तब्य तर्फ बढेको र बर्तमान कार्य समिति मुक दर्शक मात्रै बनेको – संस्थालाई केहि गुटको चंगुलमा फसाएको, समाजलाई एकिकरण गर्नु पर्ने मा विभाजित गर्ने तर्फ उद्धत भएको र नेतृत्वमा सिन्डिकेट प्रथा लागु गर्न खोजेको कारण बाट एन.आर.एन अमेरिका अत्यन्त अप्ठेरो अबस्थामा आइ पुगेको छ !
अब फेरी यिनै ब्यक्तीहरुलाई यो संस्थाको नेतृत्व दिने भन्ने कुरा कसैले सोच्न सम्म पनि सक्दैन भन्दै अध्यक्ष पदमा मेरो उम्मेद्वारीले अमेरिकाका एन.आर.एन.हरुमा नया रक्त संचार भएको छ । अमेरिकामा दशकौ देखिको मेरो समाज सेवाको अनुभवले मलाइ एन.आर.एन.अमेरिकालाई सहि दिशा तर्फ हाक्न सहयोग गर्दछ भन्ने कुरामा मलाइ पुर्ण बिस्वास छ ! म यो संस्थाको नेतृत्व गर्न हचुवाको भरमा आएको होइन, मैले समयावधि तोकेर मेरा कार्ययोजना सार्बजनिक गरेको छु त्यसलाई समयमा पुरा गर्न सक्दछु भन्ने दृढ अठोटका साथ् मैले मेरो उम्मेद्वारी प्रस्ताब गरेको छु !
मेरा यी ठोस किसिमका प्रस्ताबहरु र मेरो बिगत हेरेर मैले आशा गरे भन्दा धेरै जनसमर्थन अहिले नै प्राप्त गरि सकेको छु ! संस्थाको नेतृत्व चयन गर्ने बेलामा लामा लामा प्रतिबद्धता सार्बजनिक गर्ने र पछि ति प्रतिबद्धताहरु झुठको पुलिन्दामा परिणत हुने अत्यन्त निरासाजनक दिर्घ रोग बाट वाक्क दिक्क भै सकेका अमेरिकाका एन.आर.एन. हरु मेरो उम्मेद्वारी पछि उत्साही भएको पाएको छु ! जसले मेरो जितलाई सुनिश्चित गरेको छ ! त्यसैले म मेरो बिजय प्रती ढुक्क छु !