अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा संविधान पुनर्लेखनका लागि संविधानसभाको चुनाव गराए कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
संविधानभाको विपक्षमा उभिँदै भेनेजुयलाका विपक्षीले आयोजना गरेको अनौपचारिक जनमतसंग्रहको भोलिपल्टै अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिएका हुन् ।
भेनेजुयलाका विपक्षीले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै ट्रम्पले राष्ट्रपति निकोलस मडुरो तानाशाह बन्न खोजेको आरोप लगाए ।
यता, संविधानसभा चुनावको विरोधमा विपक्षीहरुले बिहीबारका लागि आमहडताल घोषणा गरेका छन् ।
राष्ट्रपति मडुरोले जनमतसंग्रहलाई औचित्यहीन भनेका छन् । सरकारले राष्ट्रियसभाको अधिकार कटौती गर्न नयाँ संवैधानिकसभाको गठन गर्ने र संविधानको पुनर्लेखन गर्ने तयारी गरको छ । पछिल्लो तीन महिनायता त्यहाँ दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।
संवैधानिक सुधारका लागि भन्दै यही जुलाई ३० का दिन संविधानसभाको चुनाव तय गरिएको छ ।