बाल्टिमोरमा गाईजात्रा उत्सव सम्पन्न

बाल्टिमोरमा गाईजात्रा उत्सव  सम्पन्न
अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गाईजात्रा उत्सव भव्यताका साथ सम्पन्न भएको छ । गाईजात्रा फेस्टिवल २०१७ नाम दिइएको उक्त कार्यक्रम गत जुलाई २३ तारिखका दिन आयोजना गरिएको थियो ।

गाईजात्रा कार्यक्रममा डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायको उपस्थितिसंगै अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, महा बाणिज्य दूत प्रेमराजा महत, डा श्याम कार्की लगायतको उपस्थिति रहेको थियो ।

कलाकार रतन सुबेदी, गायक प्रमोद खरेल तथा कलाकार सन्दीप क्षत्रीले कार्यक्रममा बिशेष प्रस्तुति दिएका थिए । यशोदा खालिङ्ग राई, कृति ज्ञवालीलगायतले आआफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजको निःशुल्क स्वास्थ्य शिबिरको सहयोगार्थ गाई जात्रा उत्सव २०१७ को आयोजना गरिएको हो ।

Post Comment