लङमन्ट निवासी नेपालीहरुको पिकनिक सम्पन्न

लङमन्ट निवासी नेपालीहरुको  पिकनिक सम्पन्न
अमेरिका

कोलोराडो स्थित लङमन्टमा रहेका नेपालीहरु बिच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको पिकनिक विभिन्न कार्यक्रम संगै आईतबार सम्पन्न भयो ।
लङमन्ट नेपाली परिबारको आयोजनामा सम्पन्न पिककिमा स्थानीय नेपाली तथा नेपाली समुदाय संग संम्बन्ध गासिएका अमेरीकीहरुको उपस्थिती रहेको थियो । स्थानीय रमणिय पार्कमा सम्पन्न कार्यक्रममा जोशन श्रेष्ठले उपस्थित अतिथीहरु सबैलाई स्वागत गर्दै लङमन्ट सिटीमा धेरै नेपाली बसोबास गर्ने भएपनि एक अर्कामा भेटघाट चिनाजानी नभएकोले आपसमा चिनाजानी, समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा ुसमाजसेवी नारायण श्रेष्ठ, गायक विजयनेपाली अधिकारी, समाजसेवी बिके श्रेष्ठ, बल्ड डोनर्स अफ अमेरीकाको केन्द्रीय सदसय भुषण्लाल श्रेष्ठ लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी सहभागीहरुलाई मनोरञ्जन प्रदानगर्न प्रमोद श्रेष्ठ, संजय प्रधान, जोशन श्रेष्ठ लगायतका गायकहरुले बिभिन्न किसिमका गीत गाएरका थिए । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न प्रेमकाजी श्रेष्ठले सहभागीहरुलाई बिङ्गो खेलाएका थिए भने बाल बालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न पिन्याता खेल खेलाईएको थियो ।

कार्यक्रममा कतिपयले आबश्यक खानाहरु तरकारी, पुलाउ, पानी, अचार, सोडा, चिकेन स्थानीयले घर घरमा तयार पारेर ल्याएका थिए । साउन्ड सिष्टम लगायतका सामग्री समेत सौजन्य उपलब्ध गराईएको थियो । स्थानीय युवाहरुको विशेष सकृयतामा सम्पन्न पिकनिकोलागी केही खानेकुुरा स्थानीय एभरेष्ट रेष्टुरेष्टका प्रेमकाजी श्रेष्ठले तयार बनाई सहयोग गरेका थिए ।

Post Comment