टेक्ससमा उद्धारकर्मीहरुको टोलीले उक्त राज्यमा पचास वर्ष यताकै सबभन्दा शक्तिशाली आँधी आएपछि त्यहाँ आफ्नै घर अथवा गाडीमा फसिरहेका सयौं मानिसहरुको उद्धार कार्य गरिरहेको छ।
ह्युस्टन तथा कोर्पस क्रिस्टी जस्ता शहरमा तेज हुरीका साथ भारी वर्षा भइरहेको छ।
लाखौं मानिसहरु बिजुलीबाट वञ्चित छन्। हालसम्म हार्भी नामक उक्त आँधीका कारण दुई जनाको ज्यान गएको बताइएको छ।पानीमा डुबेको एउटा गाडीभित्र एक महिला र बच्चाको शव भेटिएको थियो।
ह्युस्टन शहरको अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पानी जम्मा भएकाले हाल बन्द गरिएको छ।