आंधीको कारण करिब एक दर्जन नेपाली परिवार बिस्थापित

आंधीको कारण करिब एक दर्जन नेपाली परिवार बिस्थापित
अमेरिका

हुरिकेन हार्बी सहितको भीषण बर्षाले अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनको जनजीवन ठप्प भएको छ । मौसम विभागले आउँदो बुधबारसम्म वर्षा जारी रहने जनाएको छ । हुरिकेन हार्बी सहितको बर्षाले नेपालीहरु समेत विस्थापित भएका छन् । झण्डै एक दर्जन भन्दा धेरै नेपाली परिवार विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन । यस बाट प्रभावित  हुने नेपाली संख्या अरु बढ्ने स्थानीय नेपालीले  बताएका छन् I नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिरमा समेत बाढी पसेको छ ।

२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधबारदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ

Post Comment