टेक्ससको रासायनिक केन्द्रमा विस्फोट

टेक्ससको रासायनिक केन्द्रमा विस्फोट
अमेरिका

बाढी प्रभावित अमेरिकी शहर ह्युस्टन नजिकको एउटा रासायनिक केन्द्रबाट विस्फोटको आवाज सुनिएका छन्।

आपतकालीन सेवाका अधिकारीहरुले क्रोस्बीस्थित आर्केमा रासायनिक केन्द्रबाट दुईवटा विस्फोटको आवाज आएको र कालो धुवाँ निस्किएको विवरण दिएका छन्।

आँधी हार्भीले निम्त्याएको भीषण वर्षापछि उक्त केन्द्रले रासायनिक यौगिकलाई चिसो अवस्थामा राख्नुपर्ने क्षमता गुमाएको बताइएको छ।

कम्पनीले विस्फोट रोक्ने अरु कुनै उपाय नरहेको चेतावनी दिएको थियो।

विस्फोटअघि उक्त स्थानलाई सुरक्षित राख्न सघाइरहेका एक प्रहरी अधिकृतले धुवाँको मुस्लो निलेपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

अन्य मानिस पूर्वसावधानी स्वरुप आफैं अस्पताल भर्ना भएका छन्।

आँधीपछि पूर्व टेक्ससमा कम्तीमा ३३ जनाको ज्यान गइसकेको छ।

Post Comment