मेक्सिकोसँगको सीमामा बनाइने पर्खालको नमूना तयार पार्न चार कम्पनी छनोट

मेक्सिकोसँगको सीमामा बनाइने पर्खालको नमूना तयार पार्न चार कम्पनी छनोट
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन गरेको बाचा पूरा गर्न चार कम्पनीलाई पर्खालको नमूना बनाउन छानिएको छ ।

यी चार कम्पनीले बनाउने पर्खालको नमूनाको उचाइ ३० फिट हुनुका साथै लम्बाइ पनि ३० फिट नै हुनेछ । नमूना केही महिनामै तयार हुने अमेरिकी कष्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ ।

पर्खालको नमूना तयार भएपछि अमेरिकी अधिकारीहरुले करीब दुई महिनासम्म पर्खालको मजबुतीकरणको परीक्षण गर्नेछन् । यसका लागि ती चार कम्पनीलाई पाँच लाख डलरका दरले भुक्तानी दिइने जनाइएको छ ।

अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपीको कम्पनीलाई छनौट गरिएको अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिस्नर रोनाल्डो भिटीएलोले जानकारी दिए । नमूना पर्खाल स्यान्डियागो क्यालिफोर्नियामा बनाइने छ ।

Post Comment