लस एन्जलसस्थित जंगलमा इतिहासकै सबैभन्दा भीषण आगलागी

लस एन्जलसस्थित जंगलमा इतिहासकै सबैभन्दा भीषण आगलागी
अमेरिका

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित जंगलमा भीषण आगलागी भएको छ ।

यो आगलागीलाई लस एन्जलसको इतिहासकै सबैभन्दा भीषण मानिएको छ ।

जंगलमा भीषण आगलागीपछि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

ला–टुन क्यानयोनबाट सुरु भएको आगलागी पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् ।

यस्तै त्यसक्षेत्रको मुख्य सडक द २१० फ्रिवे बन्द गरिएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।

Post Comment