अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार कागजात विहिन किशोरलाई दिईंदै आएको अमेरिका बस्ने, पढाई गर्न पाउने सुविधा रद्द गर्न आदेश गरेका छन् । यसले अमेरिका अवैध छिरेका नाबालकले पाएको अमेरिका कानुनतह बस्ने, काम, पढाई र अन्य सुविधा उपयोग गर्ने अधिकार रोकिएको छ ।
पाँच वर्ष अघि पूर्व राष्ट्रपति बाराक ओबामाले कार्यकारी आदेश जारी गर्दै नावालक हुदां अभिभावकसँगै अमेरिका छिरेका किशोर किशोरीलाई डिर्पोटेशन मा एम्नेष्टी छुट दिने कार्यकारी आदेश जारी गरेका थियो । ह्वाइट हाउसको यो निर्णयले ८ लाख युवा प्रभावित हुने भएका छन् । उनीहरूलाई आफ्नो काम गर्न पाएका अवधि वर्क परिमट सकिए लगत्तै अमेरिका छाड्न निर्देशन दिइएको छ । यसबाट ७ हजार भन्दा बढी भारतीय समेत प्रभावित हुने बताइएको छ ।
अमेरिकाका अटर्नी जनरल जेफ सेशंसले डिफर्ड एक्शन फार चिल्ड्रेन अराइवल (डीएसीए) कार्यक्रम जुन ओबामा प्रशासनमा कार्यान्वयनमा आएको थियो र रद्द भएको जानकारी दिएका हुन् । मंगलवारवाट नै यो कार्यक्रम व्यवस्था अनुसार निवेदन लिन बन्द गरिएको जनाइएको छ ।
नाबालक हुदां अभिभावकसँग विना कागजात अमेरिका छिरेकालाई डिर्पोटेशन गर्नवाट रोक्न डीएसीए कार्यक्रम ल्याईएको थियो । यो कार्यक्रम रद्द भएकोमा अमेरिकाका विभिन्न शहरमा यसको विरोधमा जुलुस निकालिएको छ । ह्वाइट हाउस प्रशासनको यो कदम गलत भएको यस कार्यक्रमको बचाउ गर्नेहरुले दाबी गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले पनि ट्रम्पको यो निर्णयलाई भत्सर्ना गरेका छन् ।
मंगलवार पत्रकार सम्मेलनमा सेशंसले अव अमेरिकाले कति अप्रावासीलाई अमेरिकामा स्थायी बसोबासको सुविधा दिने यसको सीमा तय हुने बताएका छन् । यो कार्यक्रम असंवैधानिक र अमेरिकी नागरिकको रोजगारी पाउने अवसरबाट वञ्चित गराएको उले बताए ।
हामी जो व्यक्ति अमेरिका आउन चाहान्छ ती सबैलाई यहाँ बस्ने अनुमति दिन सक्दौनौं सेशंसले भने । यो कार्यक्रम रद्द हुदां अमेरिकाको अर्थतन्त्रलाई समेत नराम्रो असर पर्न सक्ने विज्ञहरुले बताएका छन् ।
अमेरिका आप्रवासीका लागि उदार देश थियो । तर, अहिले ह्वाइट हाउस प्रशासन यसलाई अंकुश लगाउन खोजिरहेको छ । राष्ट्रपति डोनाल्ट ट्रम्प उदार अप्रावास नीतिका विरुद्ध छन् ।
हिमालय खबरबाट