पोर्न भिडियो ‘लाइक’ गरेर फसे अमेरिकी सांसद

पोर्न भिडियो ‘लाइक’ गरेर फसे अमेरिकी सांसद
अमेरिका

अमेरिकामा रिपब्लिक पार्टीका एक सांसदले आजकाल सोसल मिडियामा मानिसहरुको कटाक्ष बचनको सामना गर्नुपरेको छ ।

वास्तवमा रिपब्लिकन सांसद टेड क्रुजको ट्वीटर अकाउन्टबाट एक पोर्नोग्राफिक भिडियो लाइक गरियो जसपछि उनी चर्चामा आए ।

टेड क्रुज त्यही सांसद हुन् जसले केही समय अघि ‘मास्टरबेशन’ अर्थात् हस्तमैथुनमाथि प्रतिबन्ध लगाउनका लागि समर्थन गरेका थिए । मानिसहरुले अब सोसल मिडियामा उनको आलोचना त गरिरहेकै छन् साथै उनको खिल्ली पनि उडाइरहेका छन् ।

सोमबार उनको अकाउन्टबाट २क्भहगबििएयकतक को दुई मिनेटको एक भिडियो लाइक गरियो । यद्यपी, यो स्पष्ट छैन कि त्यतिबेला उनको ट्वीटर अकाउन्ट कसले ह्यान्डल गरिरहेको थियो ।

सुरुमा त क्रुजले उक्त घटनामा कुनै बयान दिएनन् । यद्यपी, उनका स्टाफले उक्त ‘आपत्तिजनक ट्वीट’ लाई उनको अकाउन्टबाट हटाइएको बताएका छन् ।

पछि उनले संवाददातासामू उक्त घटना कर्मचारीसँग सम्बन्धित भएको र यसको पछाडि कुनै गलत उद्देश्य नभएको बताए ।

भिडियोलाई ४० मिनेटपछि ‘अनलाइक’ गरियो तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो । अर्को बिहानसम्म टेड क्रुज सोसल मिडियामा ट्रेन्ड गरिरहेका थिए । उनीमाथि चुट्किला र मिम्स बनाइएको थियो ।

टेड क्रुज आफ्ना रुढिवादी विचारका लागि चिनिन्छन् त्यसकारण स्थिती थप रोचक र हाँस्यास्पद भएको थियो । बिलीले ट्वीट गरे, ‘यो एउटा मात्र यस्तो चिज हो जसमा मा टेड क्रुजलाई बुझ्न सक्छु । ’

Post Comment