टेक्सास स्टेटस ड्राइभिंग लाइसेन्स टेस्टमा नेपाली भाषा राख्न माग गर्दै हस्ताक्षर अभियान

टेक्सास स्टेटस ड्राइभिंग लाइसेन्स टेस्टमा नेपाली भाषा राख्न माग गर्दै हस्ताक्षर अभियान
अमेरिका

नेपाली समाज टेक्सासले टेक्सास स्टेटस ड्राइभिंग लाइसेन्स टेस्टमाका लागि नेपाली भाषाको सुबिधा राख्न माग दवाब स्वरुप गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।

लाइसेन्स लिन क्रममा नेपाली अनुवादक नहुदाँ कयौं नेपालीहरुले समस्या भोगिरहेको अवस्था प्रति मध्यनजर गर्दै समाजले नेपाली भाषिक समुदायको तर्फबाट नेपाली भाषामा टेक्सास स्टेट इजाजतपत्र परीक्षण प्रदानका लागि तुरुन्तै पहल र आवश्यक कार्य गर्न दवाब स्वरुप उक्त अभियान नै संचालन गरिएको हो ।

करिब एक लाख नेपाली भाषी रहेको टेक्सासमा यस प्रावधानको कार्यन्वयन संगै थुप्रै नेपालीहरुले सहज रुपमा ड्राइभिंग लाइसेन्स प्राप्त गर्ने र यसले जागिर प्राप्त गर्नमा सहज हुनुका साथै जिवन स्तरमा समेत सुधार आउने समाजको बिश्वास रहेको छ ।

यस प्रावधानलाई कार्यन्वयन गर्नका समाजले लागि टेक्सास राज्यको सचिवालयको कार्यलयसंग समन्वय गर्दै नेपाली भाषा अनुवाद र प्रश्नवाली तयारका लागि सहयोग गर्न तयार रहेको बताएको छ ।

See more :
https://www.change.org/p/t-adding-nepali-language-in-texas-state-driving-license-test

Post Comment