उत्तर कोरियालाई रोक्न रुस र चीनको भूमिका महत्वपूर्ण :अमेरिका

उत्तर कोरियालाई रोक्न रुस र चीनको भूमिका महत्वपूर्ण :अमेरिका
अमेरिका

 संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अमेरिकाको चेतावनीका बाबजुद लगातार परमाणु कार्यक्रमलाई अघि बढाउँदै आएको उत्तर कोरियालाई रोक्न रुस र चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अमेरिकाले जनाएको छ ।

उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेका कारण रुस र चीनले मनाउन सक्ने अमेरिकाको विश्वास छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियालाई नियन्त्रणमा ल्याउने मुख्य जिम्मेवारी रुस र चीनको रहेको प्रष्ट पारेका हुन् । यसअघि अमेरिकाले उत्तर कोरियाको भड्काउपूर्ण गतिविधि जारी रहे सैन्य हमलाको विकल्पसमेत रहेको बताउँदै आएको थियो ।

रुसले अमेरिकाको बोली र व्यवहारले तनाव बढाएको भन्दै संयम रहन सुझाव दिएको छ भने चीनले अमेरिका आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाएको छ । रुस र चीन दुबैले उत्तर कोरियालाई पनि परमाणु कार्यक्रम अघि नबढाउन सुझाव दिएका छन् । यद्यपि उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न लगाउने गरी दुबै मुलुकले आफूलाई अघि सारेका भने छैनन् ।

अमेरिकी विदेशन्त्री टिलरसनले भने, ‘चीनले आफ्नो तेल उत्तर कोरियालाई उपलब्ध गराउँदै आएको छ, रुसले उत्तर कोरियाली मजदुरलाई काम दिने गरेको छ । यी दुबै मुलुकले उत्तर कोरियालाई नियन्त्रणमा ल्याउन पहल गर्नुपर्छ ।’ (

Post Comment