डिसेम्बरमा नेपाली समाज टेक्ससको चुनाव,६५ वर्ष उमेर पुगेकालाई छुट

डिसेम्बरमा नेपाली समाज टेक्ससको चुनाव,६५ वर्ष उमेर पुगेकालाई छुट
अमेरिका
नेपाली समाज टेक्ससको आइतबार भएको साधारण सभाले ६५ वर्ष उमेर पुगेकाहरुलाई सदस्यता शुल्कमा छुट दिने निर्णय पारित गरेको छ ।
साधारण सभाले ६५ वर्ष उमेर पुगेकाहरुलाई सदस्यता शुल्कमा आधा छुट दिने निर्णय गरेको हो । सदस्यता शुल्क बार्षिक १० डलर (दुई वर्षको २० डलर) रहेकोमा त्यसमा छुट दिएर बार्षिक ५ डलर (दुई वर्षको १० डलर) मात्र लिने निर्णय पारित गरेको छ ।
समाजका अध्यक्ष कृष्ण लामिछानेको सभापतित्वमा भएको साधारण सभाले आजीवन सदस्यताको शुल्क पनि घटाएको छ । आजीवन सदस्यता शुल्क पाँचसय डलर रहेकोमा त्यसलाई घटाएर एकसय ५० डलरमात्र कायम गरिएको छ ।
त्यस्तो आउँदो डिसेम्बरमा हुने संस्थाको निर्वाचन सम्पन्न गर्नका लागि पूर्ब अध्यक्ष बैकुण्ठ थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गरेको छ । समितिमा पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, पूर्ब उपाध्यक्ष निरज श्रेष्ठ, महेन्द्र पौडेल र विनोद योगी सदस्य रहेका छन् ।
नेपाली समाजको विधान अनुसार आउँदो डिसेम्बरभित्र निर्वाचन गरेर नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रावधान छ । अध्यक्ष कृष्ण लामिछानेले डिसेम्बर दोस्रो या तेस्रो हप्ताभित्र निर्वाचन हुने जानकारी दिए।
साधारण सभाले संस्थाको कार्यसमितिमा आइटी कोअर्डिनेटर, स्कूल कोआर्डिनेटर र हेल्थक्याम्प कोअर्डिनेटरको मनोनयन कार्यसमितिले गर्न पाउनेगरि विधानमा परिमार्जन गरेको छ ।
साधारण सभाले महासचिव कमल सत्याल र कोषाध्यक्ष दीवस थापाद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा वर्तमान कार्यसमिति निर्वाचित भएर आएदेखिका २२ महिनामा भएका विवरणहरु प्रस्तुत गरिएको थियो ।
महासचिव सत्यालले दुई वर्षको कार्यकालमा संस्थाले गरेका ८६ वटा कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।
कोषाध्यक्षको प्रतिवेदनमा सन् २०१६ मा बिभिन्न शिर्षकबाट एकलाख ७६ हजार डलर आम्दानी भएको र एकलाख ६७ हजार खर्च भएर ८ हजार ८ सय वचत भएको उल्लेख छ । त्यस्तै सन् २०१७ को जनवरीदेखि हालसम्म एकलाख ९ हजार आम्दानी तथा एकलाख ८ हजार खर्च भएर एकजार तीनसय डलर वचत रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभामा अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा थालिएका कार्यहरुलाई सफल बनाउन सहयोग गरेकोमा साधारण सदस्यहरु प्रति आभार प्रकट गरेका थिए ।
त्यस अवसरमा समाजका पूर्ब महासचिव विजयराज भट्टराईले दुई वर्ष अघिको निर्वाचनमा आपूm अध्यक्षमा पराजित भएपनि कृयाशीलता र संस्थाको गतिशिलताका लागि कहिल्यै पनि पछि नपरेको उल्लेख गरे । भट्टराईले आवश्यकता ठानिएको, सल्लाह सुझाव मागिएका ठाउँमा पहिले जस्तै सकृयता निर्वाह गरिरहेको बताए ।
‘संस्थाले मर्दा र पर्दा घनीभूत रुपमा सहयोग गरेको छ । तर विगतमा छरिएको समाज जुट्दै गएको थियो, अहिले त्यो जुटेको समाज फेरि छरपष्ट भएको जस्तो महसुस भएको छ,’ भट्टराईले भने ।
कार्यक्रममा समाजसेवी डा. मुरल अधिकारी, नेपाली समाजका संस्थापक महासचिव सुन्दर कर्माचार्य, विनय अर्याल, सुरेशचन्द्र पोखरेल लगायतले विधान लगायत संस्थागत विषयमा बिभिन्न सुझावहरु दिएका थिए ।

Post Comment