अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको खुलासा गरेका छन् ।
चीन भ्रमणमा रहेका टिलर्सनले वासिङटनले प्योङयाङसँगको सम्भावित वार्तालाई गम्भीर ढंगबाट हेरिरहेको बताए ।
उनले प्योङयाङसँग सम्वादका सूत्रहरु रहेको भन्दै आफुहरु अँध्यारो अवस्थामा नरहेको उल्लेख गरे ।
पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चरम भएका बेला यो खुलासा भएको हो ।
अमेरिकी विदेशमन्त्रीको खुलासाअघि भने दुई मुलुक सम्पर्कमा रहेको सार्वजनिक भएको थिएन ।
अमेरिकी विदेश मन्त्रालयले प्योङयाङसँग धेरै सम्वादका च्यानल खोलेको र केही प्रगति भएको जनाएको छ ।