अमेरिकाले १५ अर्ब डलरमा मिसाइल सुरक्षा प्रणाली बेच्ने

अमेरिकाले १५ अर्ब डलरमा मिसाइल सुरक्षा प्रणाली बेच्ने
अमेरिका

अमेरिकाले मिसाइल सुरक्षा प्रणाली साउदी अरेबियालाई बेच्ने भएको छ । अमेरिकी सरकारले परिस्कृत टर्मिनल हाइ–अल्टिट्युड एरिया डिफेन्स (थाड) १५ अर्ब डलरमा बिक्री गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । यसले साउदी अरेबिया र खाडी क्षेत्रमा इरान तथा अरु क्षेत्री स्तरमा रहेको खतरासँग प्रतिवाद गर्ने क्षमता बढाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । साउदी अरेबियाले रुससँग हवाई सुरक्षा प्रणाली खरिद गर्ने निर्णय गरेको एक दिनपछि अमेरिकाको रक्षा मन्त्रालयले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बिक्री गर्ने निर्णय गरेको हो ।

यो सम्झौताले खाडी क्षेत्रमा सैन्य सामजस्यतालाई भने कुनै असर नगर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

अमेरिकाले थाड प्रणाली दक्षिण कोरियामा स्थापना गर्दैछ । उत्तर कोरियाबाट हुन सक्ने सम्भावित मिसाइ आक्रमणबाट रक्षाका लागि यो प्रणाली स्थापना गर्न लागिएको हो । साउदी अरेबियाले त्यही प्रविधिको थाड प्रणाली नै किन्ने भएको हो ।

 

Post Comment