अमेरिकामा बस्दै आएका एक नेपाली भाषी भुटानीले श्रीमतीको बिभत्स हत्या गरेका छन् । अमेरिकाको बुर्लिङटनमा बस्दै आएका ३४ बर्षीय आईत गुरुङले श्रीमतीको हत्या गरेका हुन् ।
उनले स्थानीय समय अनुसार विहिवार दिउसो साढे २ बजे आफ्नै घरमा मासु काट्ने खुडाले हानेर ३२ बर्षीय श्रीमती योगेश्वरी खड्काको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।
गुरुङको आक्रमणबाट योगेश्वरीकी आमा ५४ बर्षीय तुलसा रिमाल गम्भिर घाइते भएकी छिन् । ८ बर्षीय छोरीकी आमा योगेश्वरीलाई उनले किन हत्या गरे भन्ने बारे खुल्न सकेको छैन । आक्रमणको समयमा उनकी छोरी स्कुलमा थिइन् । गुरुङलाई प्रहरीले पक्राउ गरी शुक्रवार अदालतमा पेस गरेको थियो । स्थानीय प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी हत्याको बारेमा औपचारिक जानकारी सार्वजनिक गरेको हो ।
[youtube https://www.youtube.com/watch?v=nmCYP1tV1DE]