ट्रम्पलाई पुनः एकपटक अदालतको झट्का : अमेरिकी नागरिकका लागि कसरी हानिकारक ?

ट्रम्पलाई  पुनः एकपटक अदालतको झट्का : अमेरिकी नागरिकका लागि कसरी हानिकारक ?
अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अदालतले पुनः एकपटक झट्का दिएको छ ।

ट्रम्पले केही समय अघि आठ देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए जसलाई अदालतले लागू नगर्न आदेश दिएको थियो ।

ट्रम्पको यो आप्रवासी प्रतिबन्ध यसै हप्तादेखि लागू हुनु थियो तर एक फेडेरल जजले यो आदेशमा अस्थायी रुपमा रोक लगाएको थियो ।

उक्त नयाँ आप्रवासी प्रतिबन्धमा इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरियाका नागरिक समावेश थिए ।

यसका साथै भेनेजुएलाका केही अधिकारीमाथि पनि यो प्रतिबन्ध लगाइएको थियो । यसअघि पनि ट्रम्पले ६ मुस्लिम बहुल्यता भएको देशमा यसै प्रकारको प्रतिबन्ध लगाइसकेका छन् । यद्यपी, त्यतिबेला पनि अमेरिकी सर्वोच्च अदालले यो आदेशलाई उल्टाएको थियो ।

आदेश विरुद्ध मुद्दाः

अमेरिकाको हवाई राज्यले होनोलुलुमा ट्रम्पको यो आप्रवासी प्रतिबन्धविरुद्ध मुद्दा दर्ता गरेका थिए । यो प्रतिबन्ध बुधबारबाट लागू हुनु थियो ।

अदालतमा भएको बहसको क्रममा हवाई राज्यले फेडरल इमिग्रेशन कानूनका अनुसार राष्ट्रपतिसमक्ष यात्रा सम्बन्धि प्रतिबन्ध लगाउने अधिकार नभएको बताएको छ ।

अमेरिकाका जिल्ला न्यायाधिस डेरिक वाटसनले यो प्रतिबन्धमाथि रोकको आदेश दिएका छन् । उनले नै ट्रम्पको पछिल्लो ट्राभल ब्यानलाई रोकेका थिए ।

अमेरिकी नागरिकका लागि कसरी हानिकारक ?

न्यायाधिसले आफ्नो निर्णयमा लेखे, ‘यो नयाँ नीति पनि पुरानो नीतिजस्तै छ ।’

उनले भने, ‘हामीले त्यस्तो केही पनि भेटेनौं जसले यो पत्ता लगाउन सकियोस् कि ६ देशका डेढ करोडभन्दा बढि नागरिक अमेरिका आउँदा अमेरिकी नागरिकको हिताका लागि वास्तवमा नै हानिकारक साबित हुनेछ ।’

हवाई राज्यले राष्ट्रपति ट्रम्पले मुस्लिम देशविरुद्ध आफ्नो नीति र चुनावको समयमा गरिएका प्रतिबद्धतालाई पूरा गर्नका लागि यो प्रतिबन्ध लगाइरहेको बताएका छन् ।

यसपटकको आप्रवासी प्रतिबन्धमा मुस्लिम राष्ट्रका साथै उत्तर कोरिया र भेनेजुएला पनि समावेश छन् ।

हवाइका साथै वासिङ्टन स्टेट, म्यासाच्युसेट्स, क्यालिफोर्निया, ओरेगन, न्यूयोर्क र मेरिल्याण्ड पनि यो आप्रवासी प्रतिबन्धको विरुद्धमा छन् ।

गत मार्च महिनामा लगाइएको थियो मुस्लिममाथि प्रतिबन्धः

ह्वाइट हाउसकी प्रेस सचिव सारा हुकाबी स्यान्डर्सले भनिन्, ‘यो प्रतिबन्ध अमेरिकी नागरिकको सुरक्षालाई ध्यानमा राखेर लगाइएको हो । हामीलाई विश्वास छ कि अदालतले राष्ट्रपति ट्रम्पको यो आदेशलाई दोस्रोपटक लागू गर्नेछ ।’

राष्ट्रपति ट्रम्पले मार्चमा ६ मुस्लिम राष्ट्रविरुद्ध आप्रवासी प्रतिबन्ध लगाएका थिए । उक्त विवादित प्रतिबन्धलाई त्यतिबेला ‘मुश्लिम ब्यान’ भनिएको थियो ।

Post Comment