अमेरिकाको क्यालिफोर्नियामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गएको छ ।
क्यालिफोर्नियामा ५ सयभन्दा बढीलाई हेपाटाइटिस ‘ए’ को संक्रमण भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । संक्रमित धेरै व्यक्ति घरविहीन नागरिक हुन् । हेपाटाइटिस ‘ए’ को संक्रमण बढेपछि त्यहाँको सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ । हेपाटाइटिस एले कलेजोमा असर पु¥याउँछ ।
संक्रमित व्यक्तिले प्रयोग गरेका सामान प्रयोग गर्दा तथा संक्रमित व्यक्तिको जुठो खाँदा समेत यो रोग सर्ने गर्दछ ।