अमेरिकाले अपरिचित उड्ययन वस्तुहरुको जाँच गर्न करोडौं डलर खर्चियो

अमेरिकाले अपरिचित उड्ययन वस्तुहरुको जाँच गर्न करोडौं डलर खर्चियो
अमेरिका

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अपरिचित उड्ययन वस्तुहरुको खोजी तथा जाँचका लागि करोडौं डलर खर्च गरेको खुलासा भएको छ ।

अमेरिकी रक्षा विभागले सन् २००७ देखि २०१२ सम्म यस्ता अपरिचित उड्ययन वस्तु अर्थात अनआईडेन्टीफाईड फ्लाईङ अब्जेक्ट यु.एफ.ओ.को जाँचका लागि गोप्य रुपमा २० मिलियन डलर खर्च गरेको खुलासा भएको हो ।

यो कार्यक्रमका बारेमा धेरै कम अधिकारी मात्र जानकार भएको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ ।

यो कार्यक्रममार्फत् तीव्र गतिमा उड्ने विमान र आकाशमा देखिने शंकास्पद वस्तुहरुको अनुसन्धान गरिएको थियो ।

वैज्ञानिकहरुले यस्ता चिजलाई रहस्यमय मान्दै आएका छन् । उनीहरुले यसलाई अन्य ग्रहमा रहेको जीवन अर्थात् एलियन हुनसक्ने बताउँदै आएका छन् ।

Post Comment