ट्रम्पका बारेमा नयाँ किताबको खुलासा:साथीहरूका श्रीमतीलाई यसरी ‘पट्याउँथे

ट्रम्पका बारेमा नयाँ किताबको खुलासा:साथीहरूका श्रीमतीलाई यसरी ‘पट्याउँथे
अमेरिका

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी श्रीमतीलाई धेरैपटक धोका दिएको भेटिएको छ । उनले साथीका श्रीमतीहरूसँग सम्बन्ध बनाएको पनि खुलेको छ ।

पत्रकार माइकल वुल्फको नयाँ किताब फायर एन्ड फ्युरी : इन्साइड द ट्रम्प ह्वाइट हाउसमा यस्ता खुलासा गरेका हुन् ।

यो किताब पुस २५ गते सार्वजनिक हुन लागेको छ तर यसका केही भागहरू अन्लाइनमा आइसकेका छन् । ट्रम्पले साथीहरूका पत्नीलाई रिझाउन कस्तो उपाय अपनाउँथे भनी यसमा उल्लेख गरिएको छ ।

किताबमा लेखिएअनुसार, आफ्नो एक साथीकी पत्नीलाई ट्रम्पले दिमाग भुटेर पतिविरुद्ध भड्काएका थिए । ‘तिम्रो लोग्ने तिमीले सोचेजस्तो छैन’ भन्दै उनी साथीका पत्नीहरूको सहानुभूति हासिल गर्नका लागि नजिकिन्थे ।

पति बाहिर गएपछि ट्रम्प पत्नीनजिक पुग्थे र त्यहाँ फोनलाई स्पिकरमा राखेर पतिसँग कुरा गर्थे । अनि उनी पतिहरूसँग सेक्स तथा अन्य धेरै विषयमा कुरा गर्थे । पतिहरूले पत्नीका सामु प्रायः त्यस्ता कुरा गर्दैनथिए ।

ट्रम्पले पतिहरूलाई यस्ता प्रश्न गर्थे, ‘तिमीलाई श्रीमतीसँग सेक्स गर्न मन लाग्छ ?’ अनि पतिहरूको जवाफका आधारमा उनी पत्नीको सहानुभूति लिन खोज्थे र सम्बन्ध बनाउँथे ।

ट्रम्पका बारेमा यस्ता कुराहरू पहिले पनि सार्वजनिक भइसकेका छन् ।

एक अभिनेत्रीले ट्रम्पका बारेमा बताएअनुसार, ट्रम्पले उनलाई घरिघरि फोन गरेर भेटौं भनिरहन्थे ।

Post Comment