अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डे हत्या भएको छ ।
शनिबार राति बन्दुकधारीले आक्रमण गरी पाण्डेको हत्या गरेका हुन् ।
टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् ।
सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए ।
उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।
प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ ।