ग्रेहण्ड बसमा यात्रुसँग प्रहरीले अमेरिकामा बस्ने कागजपत्र खोजे

ग्रेहण्ड बसमा यात्रुसँग प्रहरीले अमेरिकामा बस्ने कागजपत्र खोजे
अमेरिका
फ्लोरिडाको मियामी सहरभन्दा करिब ३० माइल पर फोर्ट लाउडरडल सहरमा प्रहरी ग्रेहण्ड बस भित्र गई त्यहाँ यात्रुसँग अमेरिका बस्न पाउने अधिकार भएको कागजात मागेका छन् । स्थानीय मिडिया डेली केओसले बसमा प्रहरीले यात्रुसँग कागजात मागेको देखाउने भिडियो समेत आफ्नो अनलाइनमा राखेको छ ।
यो कार्यलाई आप्रावासी मागी बर्वर रवैयाका रूपमा लिइएको छ । अमेरिकामा बसमा हिँड्दा अमेरिका बस्ने कानुनी प्रमाण देखाउनु पर्दैन । यसैले कागजात नहुनेहरू प्राय बसमा यात्रा गर्छन् । ग्रेहण्ड अमेरिका भर र क्यानडा समेतमा सेवा दिने यातायात सेवा हो । उक्त अनलाइनमा राखिएको यात्रुले खोजेको भिडियोमा केही यात्रुलाई प्रहरीले उतारको देखिन्छ ।
यसरी प्रहरीले बसमा आएर धरपकड गर्न नपाउने हुदां यस्तो भएमा तत्काल स्थानीय इमिग्रेशन सहयोगी संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले यता गैरकानुनी आप्रावासी माथि थप कडाई गरिएको छ । केही दिन अघि विभिन्न राज्यका ९८ सेभेन इलेभेन स्टोरमा इमिग्रेशन एण्ट कस्टम्स इन्र्फोस्मेण्ट (आईसीइ) ले त्यहाँ कार्यरत कर्मचारीको विवरण मागेको थियो । यस क्रममा शंकास्पद २१ जना पक्राउ परेका थिए ।
हाल कुनै सामान्य अभियोगमा प्रहरीले पक्राउ गरेकासँग यदि अमेरिका बस्ने कानुनी कागजात रहेनछ भने कयौँ केसमा आईसीईले आफ्नो नियन्त्रणमा लिने गरेको छ ।

Post Comment