अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा न्युयोर्कमा रहेको गगनहम म्युजियमलाई एउटा मेल पठाए।
भिन्सेन्ट भ्यानले सन् १८८८ मा १८ क्यारेट सुनको जलप लगाएर बनाएको ‘ल्यान्डस्केप विथ स्नो’ नामक चित्रबारे राष्ट्रपति कार्यालयबाट उक्त मेल म्युजियममा पुग्यो। फस्ट लेडीले मेलनिय ट्रम्पले मन पराएको कारण उक्त चित्र ह्वाइट हाउसमा राख्नका लागि मेल गरिएको थियो।
तर, म्युजियमले भने राष्ट्रपति कार्यालयलाई सुनको शौचालयको अफर गर्यो।
इटालियन कलाकार मउरिजो क्याटलनले निर्माण गरेको उक्त शौचलय सन् २०१६ को सेप्टेम्बर १५ बाट यस म्युजियममा आउनेलाई प्रयोगका लागि खुला गरेका थियो।
‘अमेरिका’ नामको उक्त सुनको शौचालय म्युजियमले ह्वाइट हाउसलाई अफर गरेको वासिङटन पोस्टले पुष्टि गरेको छ।
म्युजियमको पाँचौ तल्लामा रहेको यो शौचालय राष्ट्रपति कार्यालयलाई अफर गरेको र यसका निर्माताले किस्ताबन्दीमा बेच्न चाहेको म्युजियमकी प्रवक्ता सारा इटनले बताइन्।
यो शौचालय केही कमजोर रहेपनि राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलेनिया ट्रम्पले मन पराउनेमा मउरिजो ढुक्का रहेको उनले बताइन्।
राष्ट्रपति कार्यालयको ओभल अफिसका लागि यो शौचालय उपयुक्त हुन सक्ने निर्माताको दाबी छ।
यसबारे ह्वाइट हाउसले भने कुनै प्रतिक्रया दिएन।