एफबिआईका उपनिर्देशक मकेबद्धारा राजिनामा

एफबिआईका उपनिर्देशक मकेबद्धारा राजिनामा
अमेरिका

संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई) का उपनिर्देशक एन्ड्रयु मकेबले राजिनामा दिएका छन्।  उनी आगामी मार्च महिनामा सेवानिवृत्त हुदैछन् । उनले सो अवधिसम्मकै लागि अर्थात् दुई महिना लामो बिदा लिनुभएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।  त्यसपछि उनी स्वतह अवकाश हुनेछन् ।

दुई महिनाको लागि जिम्मेवारी छाडेका उनी त्यसलगत्तै सेवानिवृत्त हुनुहुने भएकोले यसलाई उनले पदबाट राजिनामा दिनुभएको समाचारका रुपमा लिइएको जनाइएको छ ।  गएका केही महिनायतादेखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबले नै आफूमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए । उनले ट्वीट गर्दै मकेबले राजिनामा दिनुपर्ने बताएका थिए ।

आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुनलागेका मकेबलाई अमेरिकी राष्ट्रपति ट्रम्पले नै पद छाड्न वाध्य पारेको अमेरिकी सञ्चारले जनाएका छन् । राष्ट्रपति ट्रम्पले एक साता अघिमात्र पनि सार्वजनिक रुपमा नै मकेबलाई पद छाड्न भनेका थिए । राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआइका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेका थिए ।

त्यसयता मकेबले नै कार्यवाहक निर्देशकको रुपमा रहेर काम गरेका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा मकेबले छानबिन गरिरहेका थिए ।  उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैँ खण्डन गर्ने गरेका छन् । उनीमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो ।

Post Comment