केक चोरेको आरोपमा अमेरिकाको एटलान्टा शहरमा २ जना दिदीहरु मिलेर आफ्नै भाइको हत्या गरेका छन्।
३ वर्षका केजुवान मासोनले भान्साबाट केक चोर्दा उनका २ दिदीहरु ग्लेन्द्रिया र लासिर्ले मासोन घरमै रहेको एटलान्टा प्रहरीले जनाएको छ। लासिर्लेले केजुवानलाई बेसबलको ब्याटले तथा ग्लेन्द्रियाले भने हातले कुटपिट गरी हत्या गरेको प्रहरीले बताएकाे छ।
चिकित्सकहरुका अनुसार टाउको र छातीमा गरुंगो वस्तुले प्रहार भएकाे छ। कपकेक खाने विषयमा झगडाले उग्र रुप लिएपछि गत मंगलबार सो घटना भएको प्रहरीले जनाएको छ।
अहिले प्रहरीले दुई दिदीलाई मानव हत्या, हत्यामा हतियारको प्रयोगलगायतको मुद्दा दायर गरेको छ। सो घटनामा उनीहरु दोषी ठहर भए आम माफि नहुने सर्तमा आजिवन कारावासको सजाय हुनेछ।