अमेरिकामा स्थापित संघ–संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुँदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरू मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन ।
गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षहरूले बिज्ञप्ति जारी गर्दै सयुक्त प्रथम राष्ट्रिय सम्मेलन अमेरिकाको इलोनोइस राज्यको सिकागो शहरमा गर्ने निधो गरेका छन् । सयुक्त सम्मेलन अमेरिकन श्रमिक दिवस अर्थात् सेप्टेम्बर ३ ,२०१८ को सप्ताहको सेरोफेरोमा हुने तय भएको छ ।
एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा),नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए)ले पहिलो पटक हुन् गइ रहेको सम्मेलनमा यसरी संगै काम गर्ने भएकोमा अझ समुदायमा ज्यादा प्रभावकारी तथा दक्षतापूर्ण सेवा गर्न सकिने विश्वास लिएको सयुक्त छापा बिज्ञप्तिमा जनाएका छन् ।
उक्त छापा बिज्ञप्तिमा हाम्रा समुदाय सदस्यहरुले समसामयिक बिषयमा र मुद्धाहरुमा सामना गर्नु परेका लाई सयुक्त प्रयास बाट पहिचान गर्ने र यस्ता विषयमा उचित समयमा सम्बोधन गर्न आवश्यक पर्ने जनाएको छ ।
नयाँ पुस्ताको सहभागिता वृद्धि हुदै गएको अवस्थालाई उनीहरूलाई राष्ट्रियस्तरमा छलफल तथा मुद्धाहरुको लागि मंच प्रदान गर्नु रहेको उल्लेख गरेको छ । यसको साथै बिज्ञप्तिमा भनिएको छ, ‘हामीलाई नयाँ दृष्टि, नयाँ ध्येय तथा नयाँ कार्यक्रमको आवश्यक भएकोले द्रुत रुपमा झ्याँगिएको समुदायको आवस्यकतामा ध्यान दिन जरुरी छ ।’
एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरे, नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए)का अध्यक्ष मेदिनी अधिकारीले अमेरिकामा रहेका सवै समुदाय सदस्यहरूलाई सहभगिताको लागि सबैमा आग्रह गरेका छन् ।
सोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरेले कुराकानी गर्दै एकताको सकारात्मक संदेश जाने हुनाले लामो समयदेखि चलि रहेको हाम्रो प्रयास सफल भएको बताए ।
अध्यक्ष घिमिरेले भने, ‘हामीले सिकागोमा सयुक्त सम्मेलन गर्ने निधो गरेका छौ । अब सम्मलेन समिति निर्माण हुने, कार्यक्रम स्थल तय हुने थुप्रै काम बाकि रहेकोले केवल अमेरिकन श्रमिक दिवसमा प्रथम सम्मेलन मात्र गर्ने निर्णय गरिएको छ ।’
एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा)को १३ औ सयुक्त सम्मेलन नर्थ क्यारोलिनामा २०१७ मा सम्पन्न भएको थियो ।
तर उक्त सम्मेलनमा पनि एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए)को सकृय सहभागिता रहनुको साथै एकताको बेजोड प्रयास रहेको थियो । स्मरण रहोस, एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना सयुक्त सम्मेलनको साधारण सभाले तत्कालीन समयको लागि तीन वटा संस्थाको सयुक्त को सम्मेलन गर्ने बिषयलाई लिएर प्रस्तावलाई पारित गर्न असमर्थ रहेको थियो ।
हाल नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा)को नेतृत्व परिवर्तन संगै एकताले राम्रो संदेश जाने र सबै समुदायलाई समेट्न सकिने सम्भावना देखेकोले नासा समितिले सयुक्त सम्मेलन उपयुक्त ठहर गर्दै पारित गरे पछि तीन वटा संस्था को सयुक्त सम्मेलन को द्वार खुलेको हो ।
एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए)ले सन् २०१५ को नेपालमा गएको भूकम्पको असर सवैमा परेकोले सम्मेलन गर्न उचित नठानी अन्तिम समयमा रद्ध गर्नु परेको थियो भने सन् २०१६ मा एटलान्टा सम्मेलन गरेको थियो ।