अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले प्रख्यात टीभी पर्सनालिटी ओपरा विन्फ्रेलाई आफूविरुद्ध सन् २०२० को चुनावमा लड्न चेतावनी दिएका छन् ।
ट्रम्पले विन्फ्रे असुरक्षाको भावनाबाट पीडित भएको लेखेका छन् ।
आइतवार राति सीबीएस च्यानलको शो ६० मिनट्समा ओपरा पुगेकी थिइन् र उनलाई मिसिगनका मतदाताहरूले प्रश्न सोधेका थिए । तीमध्ये लगभग आधाले सन् २०१६ को चुनावमा ट्रम्पलाई मत दिएका थिए ।
शोमा विन्फ्रेले भनिन्, ‘राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पले एक वर्ष पूरा गरिसकेका छन् । अमेरिकीहरू अझै पनि अर्को पक्षको कुरा सुन्न चाहँदैनन् भन्ने विषयमा मतभेद छ ।’
शो प्रसारण भएको केही घन्टाभित्र ट्रम्पले यस विषयमा ट्वीट गरेका थिए ।
ट्रम्पले लेखे, ‘केही समयअघि अत्यन्तै असुरक्षित अनुभव गरेकी ओपरा विन्फ्रेलाई मैले देखें । उनले ६० मिनट्समा केही मानिसको अन्तर्वार्ता लिइन् । उनले त्यस क्रममा सोधेका प्रश्नहरू पक्षपाती थिए अनि तथ्यहरू गलत थिए । ओपरा
लडार्इंको मैदानमा आउँछन् भन्ने अपेक्षा छ जसले गर्दा उनको वास्तविकता आओस् र अन्य व्यक्तिहरू जस्तै उनले पनि हार्नुपरोस् ।’
Just watched a very insecure Oprah Winfrey, who at one point I knew very well, interview a panel of people on 60 Minutes. The questions were biased and slanted, the facts incorrect. Hope Oprah runs so she can be exposed and defeated just like all of the others!
— Donald J. Trump (@realDonaldTrump) February 19, 2018
https://platform.twitter.com/widgets.js
विन्फ्रेले जनवरीमा गोल्डन ग्लोब्स अवार्ड समारोहका अवसरमा एक भावनात्मक भाषण दिएकी थिइन् जसबाट उनी सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचन लड्ने अनुमान लगाइएको थियो । तर उनी यस्ता इच्छालाई लगातार अस्वीकार
गरिरहेकी छन् ।
विन्फ्रेले भनिन्, ‘म स्वतन्त्र संसारको नेता हुनसक्छु भनी मानिसहरूले सोचेको देख्दा आभारी अनुभव गरिरहेको छु तर मेरो मनमा चुनाव लड्ने कुनै इच्छा छैन । यो त मेरो डीएनएमा नै छैन ।’