छत्र लकाई खड्का, युएस नेपाल न्युज । तेह्रथुम जिल्ला मेन्छ्याम गाउँपालि वडा न ६ घर भएका र हाल अमेरिका निवासी हेम कुमार थापा र माया थापाको जोडीले बिगतमा पटकपटक गरेर ३० लाखभन्दा बढी रकम समाजसेवाको क्षेत्रमा नेपालका विभिन्न स्थानमा, बिभिन्न किसिमका पीडा भएका नेपाली हरुलाई सहयोग गर्दै आईरहेका छन ।
पछिल्लोपटक न्युज२४ टेलिभिजनको एकदमै लोकप्रिय कार्यक्रम सिधा कुरा जनता संग कार्यक्रम मार्फत प्रसारित भएको पर्सा जिल्लाको दलित प्राविको एकदमै दयनिय हालतमा रहेको बिध्यालयको भबन लाई हेम थापा जोडि ले देखेपछि मन एकदमै भाबुक भएर आयो र त्यसपछि उनीहरुले अठोट गरे त्यो बिध्यालय भबनको निर्माणकार्य को लागि आर्थिक सहयोग गर्ने । त्यसको केही दिनमा सिधा कुरा जनता सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने लाई कल गरेर आफुले उक्त बिध्यालयको भबन लाई सम्पूर्ण निर्माण गर्ने भनेर उक्त बिध्यालय लाई ३ लाख रुपैयाँ सहयोग गरे।
त्यसपछी बिध्यालयको निर्माणकार्य तिब्रताका साथ अगाडि बढ्दै गयो । बिचमा उक्त बिध्यालय लाई चर्पी बनाउने रकमको अभाब भन्ने कुरा रवि लामिछाने ले पुनः आफ्नो कार्यक्रममा बजाएपछि त्यो कार्यक्रम हेरेपछि पुनः उक्त बिध्यालयको ट्वाइलेट निर्माणकार्य को लागि सोमबार २ लाख रुपैयाँ रवि लामिछाने मार्फत पुन पठाए ।
यस्तै उनको गृह जिल्ला तेह्रथुमकै टंक खप्तरिलाई मुटु सम्बन्धि बिरामी भएर धरानको घोपा क्याम्पमा उपचार भइरहेको र उपचारका केही रकम अभावको कुरा सुनेर फेरि उनले १ लाख रुपैयाँ उपचारका लागि सहयोग गरे । दिलदार उनको दम्पत्ती सदैब सहयोग गर्न तत्पर रहने उनले गरेका निरन्तरको सहयोगले प्रष्ट्याउछ ।