अमेरिकी राष्ट्रपति ट्रम्पलाई सांसदहरुको झट्का

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सांसदहरुको झट्का
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टिल र आल्मुनियममा अतिरिक्त शुल्क लगाउने योजना फिर्ता गर्न रिपब्लिकन पार्टीका सांसदहरुले पार्टी शीर्ष नेतृत्वसँग आग्रह गरेका छन् ।

सभामुख पाउल रायनले व्यापारिक युद्धको परिणामले अत्यन्त चिन्तित बनाएको भन्दै आर्थिक उपलब्धीलाई यसले असर पार्ने बताए । रायनले यसलाई अगाडि नबढाउन समेत आग्रह गरे ।

तर राष्ट्रपति ट्रम्प भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग ह्वाइट हाउसमा भएको छलफलका क्रममा पनि आफ्नो योजनामा दृढ देखिए ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सराह स्यान्डर्सले व्यापारिक युद्धमा अमेरिकाले जित्ने कुरामा राष्ट्रपति अन्त्यन्त विश्वस्त रहेको जानकारी दिए ।

गत हप्ता स्टील र आल्मुनियममा अतिरिक्त शुल्क लगाउने ट्रम्पको घोषणालाई धेरै मुलुकले आलोचना गर्दै आएका छन् ।

Post Comment