अमेरिकाका दुई संस्थाले एकै थलोमा होली भब्य रुपमा मनाए (भिडियो सहित)

अमेरिकाका दुई संस्थाले एकै थलोमा होली भब्य रुपमा मनाए (भिडियो सहित)
अमेरिका

युएस नेपाल न्युज, अमेरिका । अमेरिकाको केन्टकी राज्यको लेक्जिन्टन शहरमा लामो समय देखि भिन्न अस्तित्व मा रहेका दुइ सामाजिक संगठन FONA (Forum of nepalese in America)र KNS(Kentucky Nepali society)एक हुने भन्दै यसपालीको होलि एकै थलोमा भब्यताको साथ मनाए ।

बिगतका दिनहरुमा यी दुइ सस्थाले एकै कार्यक्रम पनि दुइ बेग्ला बेग्लै स्थलमा गर्ने गरेका थिए । अब भने सबैको चाहना अनुरुप एकै संगठन भै आउदा दिनहरुमा काम गर्ने बताए । होली नेपालीहरुको एक महान चाड हो। होली नेपालमा दुइ दिन मनाइन्छ।

विदेशमा रहेका नेपालीरुले भने समय अनुकुल मिलाएर होली खेल्ने गर्दछन् । बिदेशमै भए पनि स्वदेशमा मनाउदै आएका चाड पर्व सके सम्म छाड्ने गरेका छैनन । नेपालमा होली सकियको दुइ दिन पछि अमेरिकाको लेक्जिन्टन शहरमा होलि भब्य रुपमा मनाइ सम्पन्न गरियो ।

भिडियो हेर्नुस:

Post Comment