अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस फोर्स) गठन गर्ने प्रस्ताव गरेका छन् ।
सान डियागोको एक म्यारिन कप्र्स् एअर स्टेसनमा सैनिक अधिकारीहरुलाई गरेको सम्बोधनकाक्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ ।
उनले भने–‘अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो, हवाई र जमिनजस्तै । हामीसँग हवाई सैन्य बल छ, अब अन्तरिक्ष सेना हुन्छ’–उनले भने ।
उनले अमेरिकालाई अब नयाँखालको सैन्य बलको आवश्यकता रहेकाले यो सैन्य बलको स्थापना गर्नुपर्ने बताए ।
‘अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ’–उनले भने ।
राष्ट्रपति ट्रम्पले ‘जमिन, हवाई क्षेत्रमा त अमेरिकाले नेतृत्व गरेकै छ, अब अन्तरिक्षमा पनि विश्वको नेतृत्व गर्नेछ’–भने ।
राष्ट्रपति ट्रम्पले सो सम्बोधनकाक्रममा भने–‘मैले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकास गर्ने कुरा गर्दैछु ।’ रा