अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट एचआर म्याकमास्टरलाई पदमुक्त गरिदिएका छन्। ट्रम्पले ट्विट गर्दै अब उनको स्थान संयुक्त राष्ट्रसंघका पूर्वराजदुत जोन बोल्टनले लिने जानकारी दिए।
ट्विटमा ट्रम्पले उनलाई उत्कृष्ट काम गरेकोमा धन्यवाद दिँदै सदैव साथीको रुपमा रहने प्रष्ट पारेका छन्।
केहि समयअघि उत्तर कोरिया र इरानमाथि आक्रमण गर्नुपर्छ भनेर बताउने बोल्टन सल्लाहकार नियुक्त भएपछि उनीबाट राष्ट्रपति ट्रम्पले पुरापुर विकल्प पाउने समाचार संस्था फक्स न्युजले लेखेको छ।
म्याकमास्टर ह्वाइट हाउसबाट बिदा भएका पछिल्ला उच्च अधिकारी हुन्। अघिल्लो सातामात्रै ट्रम्प प्रशाषनबाट सचिव रेक्स टिलर्सनलाई बर्खास्त गरिएको थियो। उनको स्थानमा हाल केन्द्रिय अनुसन्धान विभागका निर्देशक माइक पोम्पेओलाई नियुक्त गरिएको छ।
बोल्टनले पदबहाली गर्न अमेरिकी माथिल्लो सदन(सिनेट)को स्विकृति भने आवश्यक पर्दैन। पल्छिल्लो १४ महिनामा राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त हुने बोल्टन तेस्रो व्यक्ति हुन्। उनले आगामि अप्रिल ९ बाट आफ्नो कार्यभार सम्हाल्नेछन्।