समाजसेवी थापा दम्पतीले साउदी जेलमा रहेका प्रेम राई छुटाउन ५ लाख सहयोग गर्दै

समाजसेवी थापा दम्पतीले साउदी जेलमा रहेका प्रेम राई छुटाउन ५ लाख सहयोग गर्दै
अमेरिका

छ्त्र खड्का, अमेरिका । बिगत २५ बर्ष देखि समाजसेवा गर्दै आउनुभएका तेह्रथुम जिल्ला मेन्छ्येम गाउँपालिका वडा न ६ घर भई हाल अमेरीका निवासी समाजसेवी हेम थापा र माया थापाको दम्पतीले साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी भएर जेलमा रहेका इलामका प्रेम बहादुर राई लाई उहाँको जीवन रक्षाका लागि चलाएको अभियानलाई ५ लाख रुपैयाँ सहयोग गर्नुहुँदैछ ।

जहाँ जोसुकैलाई पिडा देखेपछि आफ्नो मन दुखेर आउछ अनि आफुले सहयोग गर्नलाई मन लाग्छ सम्पत्ति जतिसुकै भएपनि मन हुनुपर्छ रहेछ । मानिसहरुका पिडाहरु लाई मलम लगाउन लाई हेम थापा ले हामी सँगको कुराकानीमा यस्तो बताउनुभएको हो । हालसम्म उहाँले विभिन्न ब्यक्तिहरु तथा संघसंस्थाहरु लाई गरेर ५० लाख भन्दा माथीको सहयोग गरिसक्नु भएको छ।

Post Comment