नेजाको सदस्यता नवीकरण मे ३१ सम्म गरिसक्नुपर्ने

नेजाको सदस्यता नवीकरण मे ३१ सम्म गरिसक्नुपर्ने
अमेरिका

नेपाल अमेरिका पत्रकार संघ नेजाको १२ औँ साधारणसभा तथा अधिवेशनमा सहभागी हुनका लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने भएको छ । साथै नयाँ सदस्यताको लागि निवेदन पेस गरिसक्नुपर्ने समय मे ३१ लाई निर्धारण गरेको गरिएको छ ।

नेजाको कार्यसमिति बैठकले १२ औँ साधारणसभा तथा अधिवेशन जुलाई २१, २०१८ शनिवार र जुलाई २२, २०१८ आइतबार हुने निर्णय गरेको छ । १२ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न गर्नको लागि पश्चिम क्षेत्रीय संयोजक ध्रुव कुँवरलाइ कन्भेनर, सह–कन्भेनर यम घिमिरे, सदस्यमा सन्दिप बाबु चौधरी, कोषाध्यक्ष शैलेश पोखरेल रहने र समितिले आबस्यकता अनुसार सम्मेलन सम्पन्न गर्नको लागि तयारी समितिमा थप सदस्यहरू राखि कार्य गर्नसक्ने जिम्मेवारी प्रदान गरेको छ ।

नेजाको नयाँ कार्यसमिति छनौटका लागि विधानको धारा १२.१ बमोजिम सल्लाहाकार तारा बरालको संयोजकत्वमा गिरिश पोखरेल, योगेश उपाध्याय, आंग छिरिंग शेर्पा र एक सदस्य समितिले नै थप गर्ने गरि पाँच सदस्यीय निर्वाचन समिति बनाएको छ ।

नेजा अधिवेशनको समयमा प्रदान गरिँदै आएको ‘नेजा सामुदायिक ग्रामीण पत्रकारिता पुरस्कार’ छनौटको लागि पूर्व अध्यक्ष आंग छिरिंग शेर्पाको संयोजकत्वमा पुरस्कार छनौट समिति बनाउने र संयोजकले थप सदस्य मनोनयन गरी पूर्णता दिई नेपाल पत्रकार महासंघसंग समन्वय गर्दै विजेताको नाम कार्यसमितिमा सिफारिस गर्नको लागि जिम्मेवारी दिएको छ ।

नेजा अधिवेशन तथा साधारणसभाको समयमा प्रकाशन गरिँदै आएको ‘प्रयास’ प्रकाशनको लागि सचिव अग्नि चौलागाईलाई जिम्मेवारी दिने तथा उनले आवश्यकता अनुसार सदस्य थप गरी कार्य गर्न दिने निर्णय गरिएको छ ।

Post Comment