संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ।
उनको निधनबारे केहीबेर अघि जानकारी दिइएको हो ।
पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुशको कार्यालयलद्वारा जारी वक्तव्यमा ुपरिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मीु का रूपमा बारबरा बुशलाई वर्णन गरिएको छ।
आफ्नो जीवनकालमा श्रीमान् र छोरा दुबै अमेरिकी राष्ट्रपतिको पदमा चयन भएको देख्न पाउने उनी एक्ली महिला थिइन् ।
उनी केही समययता बिरामी थिइन् र थप उपचार गराउन अस्वीकार गर्दै आएकी थिइन्।
उनले आफ्नो जीवनका अन्तिम दिनहरू परिवारसँग आरामका साथ बिताउन चाहेको बताएकी थिइन्।
उनका श्रीमान् ९३ वर्षको उमेरसँगै सबैभन्दा धेरै बाँच्ने अमेरिकी राष्ट्रपति हुन् ।
उनी पूर्वराष्ट्रपति जर्ज बुशकी श्रीमती र जर्ज डब्ल्यू बुशकी आमा थिइन्।
आफ्ना छोरा र श्रीमान्ले राष्ट्रपतिका रूपमा शपथ खाएको देख्ने उनी एकमात्र महिला थिइन्।
बारबरा बुश एक साक्षरता अभियानकर्मी पनि थिइन्।